इदगाहा पुगेर एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

नेपालगन्ज । मुस्लिम समुदायको महान पर्व ईदमा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गर्नुभएको छ ।

वीपीचौक स्थित इदगाहमा पुगेर मुस्लिम समुदायको महान पर्व ईद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गर्नुभएको हो ।

सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताउनुभयो ।

उहाँले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याउनुभयो ।

मिश्राले नेपालगन्जको बिकासको यात्रामा नेपालगन्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गर्नुभयो ।

उहाँले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना दिनुभयो ।

Previous article“नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिन्छु” : विष्ट
Next articleबाँकेमा ६२ लाखको चोरी गरिएको सुनसहित एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here