नरैनापुरमा एमालेको नारा-‘नरैनापुरमा सुर्य उदाउँछ, नरैनापुर बदलिन्छ’

नरैनापुर । नेकपा एमाले नरैनापुर गाउँपालिकाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नेकपा एमाले बाँके इन्चार्ज सुर्य ढकाल, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री आरती पौडेल, निर्वाचन परिचालन कमिटिका संयोजक राम कुमार दीक्षित, एमाले नेता सोहन लाल यादव, भारती खनाल, एमाले नरैनापुर गाउँपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई लिएर घोषणा पत्र जारी गर्नुभएको हो ।

नेकपा एमाले नरैनापुर गाउँपालिकाका उम्मेदवारहरुले गाउँपालिकाका स-साना समस्यालाई समेत समाधानको आधार प्रतिबद्धता पत्रमा गरेका छन् । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकासमा फोकस प्रतिबद्धता पत्रमा त्यसको सम्बोधनको बचन दिनुभयो ।

‘परिवर्तन नरैनापुरको चाहना हो र नेकपा एमाले नरैनापुरलाई समृद्ध बनाउन चाहन्छ’, पार्टी जिल्ला इन्चार्ज सुर्य ढकालले भन्नुभयो, ‘परिवर्तको चाहना बोकेका नरैनापुरबासीको मत प्रतिबद्धता पत्रले जित्नेमा विश्वस्त छु ।

नरैनापुर गाउँपालिकाका उपप्रमुख पदका उम्मेदवार पञ्चराम यादवले समृद्ध नरैनापुर स्थानीय चाहना र पूरा गर्ने प्रतिबद्धता एमालेको भएकाले यसपटक जनताले एमालेलाई नै वडादेखि स्थानीय तहसम्म चुन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

‘नरैनापुर पिछडिएको भनिन्छ, अब एमालेले त्यो परिभाषा बदल्छ, त्यसका लागि हामीले आधार प्रस्तुत गरेका छौं’, उपप्रमुख पदका उम्मेदवार यादवले भन्नुभयो, ‘नरैनापुरमा सुर्य उदाउँछ, नरैनापुर बदलिन्छ ।’नरैनापुर गाउँपालिकाका निर्वाचन परिचालक कमिटिका संयोजक राम कुमार दीक्षितले प्रतिबद्धता पत्र फगत औपचारिकता मात्रै नभएर एमालेको नेतृत्व स्थापित भएपछि समय निर्धारण गरेर त्यसलाई पूरा गर्दै जाने बताउनुभयो ।

‘हामीलाई विश्वास छ, जनताले साथ दिनुहुन्छ नरैनापुरलाई समृद्ध बनाउने एमालेको अभियानमा’, उहाँले भन्नुभयो, ‘घरदैलोमा हाम्रा उम्मेदवारलाई गरिएको स्वागत, देखाइएको विश्वास र स्थानीयबासीको परिवर्तनको चाहना हाम्रो जितको जग हो ।’

उहाँले भन्नुभयो, ‘हामीले फगत भाषण र खोक्रो आश्वासनमा रुमल्लिएका छैनौं, मतदाता माझ हामीले पहिचान गरेका समस्या, सम्भावना आधार र एमालेले नरैनापुर जितेपछि गर्ने कामहरुको स्पष्ट खाका लिएर पुगेका छौं ।’

एमाले नेता सोहनलाल यादवले नरैनापुरमा एमालेको लहर देखिएको बताउनुहुन्छ। ‘हामी विश्वस्त छौं, नरैनापुरका ६ वडा र स्थानीय तहको प्रमुख, उपप्रमुखमा मतदाताले हामीलाई नै जिताउनु हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी भोट मात्रै माग्दैनौं, हामीलाई भोट किन र केका लागि त्यसको आधार पनि दिन्छौं ।’

नेकपा एमालेबाट गाउँपालिका प्रमुखमा अध्यक्ष पदमा पदमावति यादव, उपप्रमुख पदमा पञ्चराम यादव, वडाध्यक्षहरुमा नरैनापुर वडा नं.१ मा मलहे शेष, वडा नं.२ मा मैसर खाँ, वडा नं.३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र, वडा नं.५ मा विनय दीक्षित दीक्षित, वडा नं.६ मा शालिकराम यादवले उम्मेदवारी दिनुभएको छ ।

Previous articleकाँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धता : आफ्नै वार्डमा अस्पताल
Next articleव्यवस्थापनमा कमजोर छ नेपालगन्ज : स्वातन्त्र उमेदवार थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here