
नेपालगन्ज । नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ का वडा अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहले फुल्टेक्राको विभिन्न टोल–टोलमा घरदैलो अभियानलाई जारी राख्नुभएको छ ।
मतदातालाई भेट्ने क्रममा वडाअध्यक्ष पदका उम्मेदवार सिंहलाई जसरी पनि यसपटक विजयी गराउनु बाचा दिएको बताउनुभयो ।
मतदाताहरुलाई चर्चित अनुहारको रुपमा रहेका समिरप्रताप सिंह राजनीति भन्दा सामाजिक कार्यमा धेरै चासो दिने गरेको रामनगर बस्ने एकजना मतदाताले बताउनुभयो ।
फुल्टेक्राका मतदाता सुमनका अनुसार उहाँ धेरै राम्रो र सकारात्मक स्वभावका व्यक्तित्व हुनुहुन्छ । उहाँ त वडा भित्र टेबुलमाबसी आम सर्वसाधारणहरुको काम छिटो छरितो होस भनी आफै खटेर गर्ने गरेको म स्वयं प्रत्यक्ष प्रमाण रहेको बताउनुभयो ।
सुमनका अनुसार मेरै आँखा अगाडी कतिपय सेवाग्राहीहरुको कागज पत्र नपुगेको अवस्थामा उहाँले सम्झाई बुझाई सम्पूर्ण कागजपत्र मिलाउनु होस् हजुरहरुको हुन्छ तर ती सेवाग्राहीहरुले आज अनावश्यक सिधासाधा व्यक्तिलाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाउनुभयो ।
म लगायत यस आसपास बस्ने सम्पूर्ण मतदाताहरुले यसपटक पुनः समिरप्रताप सिंह बाबुलाई नै भोट दिने सुनिश्चित गरिसकेको फुल्टेक्रा एकता नगर बस्ने निरबहादुर तामाङ्गको अनुरोध रहेको छ ।





