नवलपरासीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ६ जना घाईते

गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।

झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियाे । उहाँ अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ । एमालेबाट चेतबहादुर राना उम्मेदवार हुनुहुन्छ ।

Previous articleएकता नगरका टोलबासी समिरप्रताप सिंह जिताउ अभियानमा सक्रिय
Next articleराप्तीसोनारी ४ का कांग्रेस उम्मेदवार कान्छामाथि आक्रमण प्रयास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here