
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई युवालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा न ३ का २३ वर्षीय कृष्ण प्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
दिउँसो ३ बजेको समयमा भारतबाट भे १२ प १४९७ नम्बरको मोटरसाईकलमा आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय जुमनाहाबाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।





