
दाङ । प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी नियन्त्रणमा लिएको हो ।
विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ । उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको छ ।
उनका फुपाजु रूक्मान सुनार लमहीमा ग्यारेज चलाउँछन् । विक कहिले अभिभावकसँग भारत त कहिले फुपाजुसँग लमहीमा बस्ने गरेका छन् ।
यसबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।





