
नेपालगन्ज । जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।
यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् । जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा हुनुहुन्छ ।
यादवले जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यले घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।
अध्यक्ष पदका प्रत्यासी यादब जनताको मन जित्दै घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ । अध्यक्षका प्रत्यासी यादवको दैनिकी जिवन अचेल बिहानै देखी साँझसम्म जनताको घरदैलो अभियानमा जनतासंग प्रत्यक्ष भेटघाटमा बितिरहेको छ ।
अध्यक्षका प्रत्यासी यादब जनताको घर–घर बस्ती बस्तीमा पुगेर र जनतासंग प्रत्यक्ष भट्दै घरदैलो अभियानमा जुटिरहनुभएको छ । अहिले पनि जानकीमा करोडौ लगानीका ठूला उद्योगहरु रहेका छन् ।
त्यसका लागि पूर्वाधार निर्माणमा आफ्नो पूर्ण साथ र सहयोग रहने उहाँको भनाई छ । नम्र र सरल स्वभाबका हिमान्शुले जनताको समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको बिकास गर्ने बताउनुभयो ।
आफ्नो कार्यकालमा सरकारी सेवा सुविधा केही पनि नलिने यादवले प्रतिवद्धता जनाउनुभएको छ ।





