नगरभित्र हरियाली र सरसफाई कायम गर्छु : नन्दलाल वैश्य

नेपालगन्ज । नेपालगन्ज भित्र हरियाली र सरसफाई कायम गर्ने राप्रपाका तर्फबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले बताउनुभएको छ । नगरको बाटो छेउछाउ र सरकारी जग्गा पहिचान गरि बृक्षरोपण गर्ने बताउनुभएको हो ।

नगरको सुर्खेत रोडको सौन्दर्यकरणका लागि बाटोको विच भागमा फुुलहरुलाई स्यहार शुसार गर्ने र नयाँ आकार्षक फुलहरु रोपेर हरियालीमय बनाउने प्रतिबद्धता मेयर पदका उम्मेदवार वैश्यले गर्नुभएको छ ।

त्यति मात्र नभएर सौन्दर्यकरणमा मुख्य नेपालगन्जको फोहोर समयमा उडाउने र छिटो छरिटो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले फोहोर उठाउने कर्मचारी ढिलो फोहोर उठाउने भएकोले फोहोर व्यवस्थापन समयमै गर्ने बताउनुभयो ।वैश्य आज नेपालगन्ज उपहानगरपालिकाको वडा नं.१८ मो घरदैलो गर्दै कोण सभा कार्यक्रम गर्नुभएको थियो । उहाँले नेपालगन्जको बजार क्षेत्रको विकास भईसकेको र गाँउको पनि मुख्य बाटोको विकास भएपनि टोल टोलको बाटो बन्न सकेको छैन, उहाँले भन्नुभयो मलाई भोट दिएर जिताउनु होस, हरेक वडाको टोल टोलमा पक्की बाटो ५ बर्षभित्र निर्माण गर्छु ।

उहाँ विहानैदेखि वडा नं.१८ को वडाको टोल टोलमा गएर बृद्धाबृद्धसँग भेट गरी आफ्नो प्रतिबद्धता राख्नुभएको छ । आफुले मेयर पदको चुनाव जित्न सफल भए बृद्धा भत्ता घर घरमै वितरण गर्न लगाउने बताउनुभयो ।

राप्रपाको एजेन्डा देखेर नेपालगन्ज नगरबासी उत्साहित भएका छन् । यो भन्दा पहिलै राप्रपाबाटै २०७४ सालको स्थानीय तहको निर्वाचनमा डा.धवल शम्शेर राणाले नेपालगन्ज उपमहानरपालिका ५ बर्ष चलाई सक्नुभएको छ ।

Previous articleजानकीलाई ठूलो औद्योगिक करिडोर बनाउँछु : हिमान्शु यादव
Next articleमतदाताले दिएको हौसला हेर्दा जितको संघारमा पुगिसकेका छौ : खजुरा गठबन्धन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here