राप्रपाको टिमलाई साथ दिने : मतदाता

नेपालगञ्ज । राप्रपाले नेपालगन्ज उप–महानगरपालिकाको नजिता आफ्नो बनाउन तीव्र प्रचारप्रसार गरिरहेको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई नेपालगन्ज नगरवासीले साथ दिएका पनि छन् ।

घरदैलो अभियानका क्रममा राप्रपाका मेयर पदका उम्मेदवार नन्दलाल वैश्य, उपमेयरका उम्मेदवार बिन्दु चर्ती मगरको टिमलाई नेपालगन्ज नगरबासीले जितको शुभकामना तथा साथ दिने बताउनुभयो ।

नेपालगन्ज नगरको २३ वटै वडामा घरदैलो गर्दै हिडेका राप्रपाका उम्मेदवारलाई टोलटोलमा स्थानीयको साथले उत्साह थपेको मेयरका उम्मेदवार बैश्यले बताउनुभयो ।

बैश्यले भन्नुभयो, ‘हामी चुनावी अभियानमा अगाडी छौं, नेपालगन्ज नगरबासीको साथ र सहयोग राप्रपालाई पहिले पनि थियो र अहिले पनि छ, हामिले नेपालगन्ज नगरको समृद्धि र सम्मुनत बिकासको खाका जनता समक्ष राखेका छौं, जसलाई जनताले बिश्वास गर्नुभएको छ ।’त्यस्तै राप्रपाका मेयरका उम्मेदवार बैश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र २० को घरदैलो कार्यक्रममा हामीले जति प्रतिबद्धता ब्यक्त गरेका छौं, त्यो भन्दा दुई वटा भएपनि धेरै काम गर्ने बताउनुभएको छ ।

उपमेयरमा उम्मेदवारी दर्तासंगै चर्चामा रहेकी बिन्दु चर्ती मगरले आफूले जिते नेपालगन्जको समग्र विकाससँगै महिलाको क्षमता विकास, आय आर्जनको सीप प्रदान गरि स्वरोजगारको निम्ति काम गर्ने बताउनुभयो ।

यस अघिको स्थानीय तह निर्वाचनमा जित हासिल गरेको राप्रापाले यस पटक मेयर, उपमेयर संगै वडाहरुमा राम्रो जित हासिल गर्ने योजना अनुरुप प्रचारप्रसारलाई तीव्र पारेको छ ।

स्थानीय तह निर्वाचनमा नेपालगन्जका मेयर डा.धवल शमशेर राणाको अधुरा केही काम र उहाँले गरेका नेपालगन्जको विकासको कामलाई लिएर राप्रपाका उम्मेदवार घरदैलोमा पुग्नुभएको छ ।

Previous articleउपप्रमुख पदका उम्मेदवार राईको प्रतिबद्धतापत्र सार्वजनिक
Next articleकलेजमा अध्यनरत युवालाई मतदाता शिक्षा अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here