
नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा आई एप इ इसको सहयोगमा बाँकेमा संचालित परियोजना अन्तर्गत महेन्द्र बहुमुखि क्याम्पस, मंगल मा.वि.नेपालगंज, ज्ञानेदय क्याम्पस खजुरा, होलिल्यण्ड कलेज, जय जनता मा.वि नँया बस्ती मनिकापुर, जय किसान मा.वि र महेन्द्र मा.वि.नरैनापुरका युवाहरुलाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ ।
कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को प्रक्रिया, स्थानीय तह निर्वाचनको आवश्यकता, भोट गर्ने तरिका, मत बदर हुने अवस्था, मतदाताको अधिकार, दायित्व र मतदान प्रक्रिया बारेमा छलफल गरिको थियो ।
कार्यक्रमलाई युवा अभियन्ताहरु सुरज गुरुङ्ग, रहिमत जँहा खान, स्वेता गुरुङ्ग, राजेन्द्र बिष्ट, अंजना चतुर्वेदी, दिव्या बर्मा, दिपा सुनार, मेघ बहादुर खत्री, रुपेश बर्मा, गोविन्द यादव, दुर्गेश यादव, अनिल बर्मा, मेनुका रावत, अंकित मिश्र, मकबुल अहमद मुकेरी, बाल कुमारी रोकाय, सिराज शेष लगायत युवाहरुले सहजीकरण गर्नु भएको आयोन बाँकेका फोकल पर्सन राजन बर्मा दिनुभयो ।
अभिमुखिकरणमार्फत चार सय युवाहरुलाई सही मतदान बारे गर्ने बारे जानकारी प्रदान गरिएको छ ।





