बाँकेका बिभिन्न स्थानहरुमा नमूना मतदानको अभ्यास

नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा आई इ इफ इसको सहयोगमा बाँकेमा संचालित परियोजना अन्तर्गत खजुरा गा.पा वडा नं.१ सैनिक, ज्ञानेदय क्याम्पस खजुरा, जानकी गा.पा वडा ३ र ५, जय जनता मा.वि नँया बस्ती र मनिकापुर, नरैनापुर गा.पा को २ र ५ नं.वडाहरुमा स्थानीय मतदाताहरुका लागि नमूना मतदाना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्थिानीय तहको निर्वाचन प्रक्रिया, स्थानीय तह निर्वाचनको आवश्यकता, भोट गर्ने तरिका, मत बदर हुने अवस्था, मतदाताको अधिकार र दायित्व, मतदान प्रक्रियाका बारेमा जानकारी गराई नमूना मतदान गरिको थियो ।कार्यक्रमको सहजिकरण युवा अभियन्ता सुरज गुरुङ्ग, रहिमत जँहा खान, स्वेता गुरुङ्ग, राजेन्द्र बिष्ट, अंजना चतुर्वेदी, मेघ बहादुर खत्री, रुपेश बर्मा, गोविन्द यादव, दुर्गेश यादव, अनिल बर्मा, सिराज दर्जि, मकबुल अहमद मुकेरी, बाल कुमारी रोकाय, सिराज शेष लगायतका युवाहरुले नमूना मतदान कार्यक्रम संचालन गर्नुभएको थियो ।९ वटा स्थानमा संचालन भएको कार्यक्रमा ७२० जना मतदाताहरुको सहभागिता रहेको थियो । मतदान कार्यक्रमले मतबदर हुनेमा कमी हुने मनिकापुरका स्थानीय मतदाताहरुले बताएका छन् ।

पछिल्लो स्थानीय निर्वाचन २०७४ मा नेपालगंज उपमहानगरपालिका वडा नं.२० मनिकापुरमा सबै भन्दा बढी मत बदर भएको स्थानीय युवा मेघ बहादुर खत्रीले बताएको आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।

Previous articleचुनाव अवधिभर सुर्खेतमा मदिरा बिक्री वितरणमा रोक
Next articleडुडुवाबासी भन्छन्, “राम्रो नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here