डुडुवाबासी भन्छन्, “राम्रो नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”

डुडुवा । डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय हुनुहुन्छ । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उहाँ लोकप्रिय भएका हुनुहुन्छ ।

जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उहाँ डुडुवाबासीको मनमनमा बस्नु्भएको हो । डुडुवामा पछिल्लो पाँच बर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन् ।

राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ । मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच बर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गर्नुभएको छ ।

उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा हुनुहुन्छ । अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका कांग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् ।

आज पनि कांग्रेस उम्मेदवारहरुले वडा नम्बर ८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, काँग्रेस कार्यालय प्रमुख उमेश शर्मासहित कांग्रेस उम्मेदवारहरुले घरदैलो गर्नुभएको हो ।

घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो ।

Previous articleबाँकेका बिभिन्न स्थानहरुमा नमूना मतदानको अभ्यास
Next articleभ्रष्टाचार मुक्त समाज बनाउन राप्रपालाई साथ दिनुस : राजेन्द्र लिङ्देन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here