भ्रष्टाचार मुक्त समाज बनाउन राप्रपालाई साथ दिनुस : राजेन्द्र लिङ्देन

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेकका सबै नेताहरु भ्रष्ट भई सकेको बताउनुभएको छ ।

लिङ्देनले जनताको विश्वासलाई ठूला दलहरुका नेताहरुले हरेक पटक घात गरेको बताउनुभयो ।

शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले ठूला दलका नेताहरुले आफूलाई भगवान ठान्ने गरेको बताउनुभयो ।

‘आजकाल एमाले, कांग्रेस, माओवादी जस्ता ठूला दलका नेताह आफूलाई भगवान मान्ने गर्छन् । उनीहरु जनताले आफूलाई जयजयकार गरेकै छन्, अध्यक्ष लिङ्देनले भन्नुभयो, जुलुसमा सहभागी भई हाल्छन् । हामीले जे भने त्येही मान्छन् । भन्ने मानसिकतामा हुनुहुन्छ । तर अब त्यो जनताले कदापी स्वीकार गर्दैनन् ।’

लिङ्देनले सभालाई सम्बोधनका क्रममा कतिपटक पुरानै नेतालाई जिताउँदा देशको विकास हुन्छ भन्दै सभामा उपस्थित नगरवासीलाई प्रश्न गर्नुभएको थियो । उहाँले जतिपटक पुराना नेताले जिते पनि देशका लागि केही गर्न नसक्ने बताउनुभयो ।

उहाँले देशका भ्रष्ट नेता र देशबाट भ्रष्टाचारलाई जरैबाट निर्मुल पार्न राप्रपाले अभियान थालनी गरेको बताउनुभयो । उहाँले राप्रपामा पनि कसैले भ्रष्टाचार गरेको थाहा पाए आफैंले कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

लिङ्देनले भन्नुभयो, ‘यदि कसैले मैले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाउनु भयो भने । जनताले दिएको जे सजाए पनि भोग्न तयार छु, र मेरो पार्टीमा म एक रुपैयाँ पनि भ्रष्टाचार गर्न दिन्न । यदि कसैलाई लाग्छ कि यो पाटीमा केही खान पाइन्छ भने, सो व्यक्तिले यो पार्टी छोडेर जान सक्छ ।’

Previous articleडुडुवाबासी भन्छन्, “राम्रो नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”
Next articleप्रतिबद्धतासहित घरदैलो अभियानमा कमरुद्दिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here