
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार कमरुद्दिन राई चुनावी प्रतिबद्धतासहित घरदैलो अभियानमा निस्किनुभएको छ ।
हिंजो प्रतिबद्धतापत्र सार्वजनिक गरेलगत्तै जसपा र काँग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेका राई चुनावी घरदैलो अभियानलाई तीब्र बनाउनुभएको छ ।
आज नेपालगन्ज उपमहानगरपालिका १४ मा घरदैलोसँगै चुनावी सभा गरिएको जसपाले जनाएको छ । नेपालगन्जमा सुविधा सम्पन्न भेरी अस्पताल निर्माण २५० शैयाको एसीसहित ए बल्क सम्पन्न भएपछि बि बल्क २५० शैया निर्माण गर्नका लागि, नेपालगन्ज १४ भवानीयापुरमा सिटी हल निर्माण गरिएको सफलतासँग पनि आफ्नो उम्मेदवारी जोडिएको उहाँको भनाइ छ ।
प्रत्येक वडाका स्वास्थ्य स्वास्थ्य सस्थाहरुमा दक्षजनशक्ति, आधुनिक प्रयोगशाला लगायतका नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्क रुपमा औषधि वितरण तथा आपूर्तिमा नियमितता गरिने, आफु निर्वाचित भए नेपालगन्ज उपमहानगरपालिकाले भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन गर्ने, वडाहरुको वर्गिकरण गरि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरिने राईको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै उपमहानगरपालिका स्तरको जनसंख्यालाई विभिन्न वर्गमा सूचिकृत गरी वर्ग अनुसार गर्भवति महिला र नवजात शिशुलाई पोषण भत्ताको व्यवस्था गरिने, दीर्घरोगको उपचारका लागि विशेष उपचार कोष खडा गरिने लगायतका कुरामा आफुले जोड दिनु राईको भनाई छ ।





