नगरवासीले भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु-उपमेयरका उम्मेदवार मगर

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका प्रत्याशी बिन्दु चर्ती मगरले नेपालगन्ज नगरवासीले आफुलाई बिश्वास गर्ने बताउनुभएको छ ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन मतदाताको घरदैलोमा पुगेकि चर्ती मगरले नेपालगंज नगरवासीले आफुलाइओ बिश्वास गरेर मत दिने बिश्वास ब्यक्त गर्नुभएको हो ।

पुष्प ब्यवसायी समेत रहनुभएकी बिन्दु चर्ती मगर नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा मनोनयन दर्ता संगै चर्चामा रहदै आउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर डा.धवल शमशेर राणाकै शैलीमा स्थानीयका बिच पुग्ने चर्ती मगरमा धवलकै छवि देखिने भन्दै नगरमा उनको चर्चा बढ्दै गएको थियो ।

महिला ब्यवसायी, पुष्प ब्यवसायी, नेपालगन्जका सकृय सबै जसो समाजिक संघसंस्थामा समेत आवद्ध रहेको कारण पनि चर्ती मगरलाई नेपालगन्ज नगरबासीको लागी नौलो उम्मेदवार नभएको बुझाई स्थानीयको छ, जुन स्थानीयको बुझाई छ त्यो नै चर्तिको जितको लागी ठूलो उपलब्धि रहेको बताइदै आएको छ ।

बैशाख ३० मा देशैभरी एकैसाथ हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन रहेको कारण पनि चर्ती मगर नगरबासीको कुनै दैलो नछुटोस भन्दै दिनभरी नै मतदाताको घरमा पुगेको बताउछिन् उपमेयरका उम्मेदवार बिन्दु चर्ती मगर ।

नगरवासीको दैलोमा पुग्दा मिल्ने स्नेह, साथ र सहयोग अनि उहाँले गरेको बिश्वासको कारण नतिजा आफ्नो पक्षमा रहनेमा बिश्वस्त रहेको बताउनुहुन्छ ।

Previous articleजसपा डुडुवाको संकल्प सार्वजनिक : छोरीलाई एक लाखको बिमा सुबिधा दिइने
Next articleतारा एयरले नेपालगञ्जमा यात्रु छुटाएपछि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here