तारा एयरले नेपालगञ्जमा यात्रु छुटाएपछि !

नेपालगञ्ज। नेपालगञ्जदेखि जुम्ला पुगेको तारा एयरको जहाजले यात्रुलाई नेपालगञ्जमै छुटाएको गुनासो आएपछि प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले आफूले तारा एयरको ईटिकट काटेर विमानस्थलमा पुगेको तर जहाज समय अगावै जुम्ला उडाएका कारण आफू छुटेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तारा एयरलाई कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगञ्जलाई पत्राचार गरेको छ ।

महतले आफू काठमाडौंबाट नेपालगञ्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङ समेत गरिसकेपछि छुटाएको भन्दै जाँचबुझ गर्न माग गर्नुभएको थियो ।

‘टिकटमा एक बजेको समय दिएको छ तर उक्त समय अगाबै जहाज उडाउँदा समस्या भयो’ महतले भन्नुभयो । आफु समय अगावै विमानस्थलमा जाँदा उल्टै कर्मचारीबाट सहयोग नपाएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज यति एयरलाइन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाज केही चाँडै उडाइएको बताउनुभयो । महत भने बोडिङ गरेर बाहिर गएकाले छुटेको उहाँको भनाइ छ । अनलाईनखबर

Previous articleनगरवासीले भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु-उपमेयरका उम्मेदवार मगर
Next articleचौधरीको प्रष्टोक्ती, धार्मिक स्थलको बजेटबाट कमिसन खान खोज्दा रोकिदिएको हुँ, जनतामा भ्रम फैलाईयो’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here