प्रशान्त बिष्टसहित कांग्रेसका उम्मेदवारलाई लोसपाको समर्थन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टलाई मतदान गर्न नागरिक स्तरबाट स्वःस्र्फुत रुपमा अभियान चलाइएका बेला राजनीतिक दल सम्वद्ध नेता, कार्यकर्ताले पनि समर्थन जनाउने गरेका छन् ।

यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुर्व नेता तथा कार्यकर्ताले पनि मंगलबार (आज) सर्मथन जनाएका छन् ।

उक्त पार्टीका पुर्ववरिष्ठ नेता रेखा गुप्ताले एक विज्ञप्ती जारी गर्दै आफुहरुले उठाएको एजेण्डाहरु सहकारी वित्तीय विकास संस्थामा अपचलन भएको आम नागरिकको करोडौंको रकम असुल उपर गराउने तथा बाँके जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रयास गर्न प्रतिबद्धता ब्यक्त गरेकाले निर्वाचनमा कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट लगायत कांग्रेस बाँकेका सम्पूर्ण उम्मेदवारलाई पूर्ण रुपले समर्थन गरेको जानकारी दिनुभएको हो ।‘लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्यसमिति बाँकेका पुर्व वरिष्ठ नेता तथा कार्यकर्ताहरुको तर्फबाट हाल हुन गइरहेको यही २०७९ बैशाख ३० गतेका दिन स्थानीय निर्वाचनमा पुर्व नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार श्री प्रशान्त विष्ट ज्यु लगायत नेपाली कांग्रेस बाँके जिल्लाका सम्पूर्ण उम्मेदवारहरुलाई हामी लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व नेता तथा कार्यकर्ताहरु पूर्ण रुपले सर्मथन गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ ।

साथै गुप्ताले आफ्ना सम्पूर्ण कार्यकर्ता, सर्मथक र शुभचिन्तकहरुबाट नेता प्रशान्त विष्ट र नेपाली कांग्रेस बाँके जिल्लाका सम्पूर्ण उम्मेदवारलाई विजय गराउन हार्दिक अपिल पनि गर्नुभएको छ ।

Previous articleचौधरीको प्रष्टोक्ती, धार्मिक स्थलको बजेटबाट कमिसन खान खोज्दा रोकिदिएको हुँ, जनतामा भ्रम फैलाईयो’
Next articleसुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, प्रहरीसहित ६ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here