
नेपालगञ्ज । बाँकेमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।
जिल्लाका कुनैपनि स्थानमा कुनै प्रकारको अवरोध नआएको मुख्य निर्वाचन अधिकृत खडानन्द अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका आठ पालिकामा १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा मतदान भइरहेको छ ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार बिहानदेखि करिब ११ बजेसम्म सबै मतदानस्थलमा दुई सयको हाराहारीमा मतदान भइसकेको छ ।
हालसम्म कुनै पनि मतदानस्थलमा कुनै प्रकारको समस्या आएको जानकारीमा आएको छैन, अधिकृत अधिकारीले भन्नुभयो, सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
सुरक्षाका लागि बाँकेमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय प्रशासनले आज सार्वजनिक यातायात सन्चालनमा रोक लगाएको छ ।
तथापि, मतदान केन्द्रमा सहज पहुँचका लागि अपाङ्गता, अशक्त र वृद्धवृद्धाका लागि केहि सार्वजनिक यातायातलाई सवारी पासको व्यवस्था गरिएको छ ।








