
नरैनापुरमा । कुनै समयमा सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित नरैनापुरमा स्थानीय तह निर्वाचनको मत गणना परिणाम सार्वजनिक गर्न प्रविधिको उच्चतम प्रयोग गरिएको छ ।
निर्वाचनको मत गणना परिणाम सर्बसाधारणले सहज रुपमा प्राप्त गर्न डिजिटल बोर्ड प्रयोग गरिएको छ ।
नरैनापुर गाउँपालिकाका निर्वाचन अधिकृत रेशम आचार्यले सर्बसाधारणलाई सहज रुपमा मत गणना परिणामबारे जानकारी दिन डिजिटल बोर्ड लगाइएको जानकारी दिनुभयो ।
‘डिजिटल बोर्डबाट हामीले आम नागरिकलाई मत गणनाको परिणामबारे जानकारी दिन थालेका छौं, यसबाट आधिकारिक सूचनामात्रै सम्प्रेशन हुन्छ, त्यसकारण यो धेरै प्रभावकारी देखिन्छ,’ उहाँले भन्नुभयो ।
नरैनापुरमा डिजिटल बोर्डबाट मत गणना परिणाम सार्वजनिक गरिदाँ आम सर्बसाधारणले सहज रुपमा परिणाम थाहा पाउन सकेको स्थानीय शिक्षक अरुण यादवले बताउनुभयो ।
नरैनापुरले गरेको यस्तो अभ्यासलाई जिल्लाका अन्य स्थानीय तहमा पनि प्रयोग गर्दा सर्बसाधारणले सहज रुपमा आधिकारिक सूचना प्राप्त गन सक्ने उहाँले बताउनुभयो ।





