बाँकेमा जसपाको देस्रो सफलता, जानकी-१ मा प्यानल बिजयी

नेपालगञ्ज । बाँकेमा जसपाले दोस्रो खाता खोलेको छ । जसपाले बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा खाता खोलेको हो ।

त्यहाँ जसपाबाट अध्यक्ष पदका उम्मेदवार मोहम्मद रजा राई निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै वडा अध्यक्षमा राई प्यानलसहित निर्वाचित हुनुभएको हो ।

राईले १ हजार १ सय ७४ मत प्राप्त गर्नुभएको छ भने ८ सय ४० मत प्राप्त गरि पराजित भएका छन् ।

४०४२ मत मध्ये ३२४२ मत खसेको थियो जसमा वडा नं १ मा १ सय २० मत बदर भएको छ । बाँकेमा जसपाले यसअघि नेपालगञ्ज २२ को वडाअध्यक्ष पदका उम्मेदवार अबदुल गफ्फार हलवाई बिजयी हुनुभएको छ ।

Previous articleनेपालगञ्ज वडा नं २२ को वडाअध्यक्षमा हलवाई निर्वाचित
Next articleखजुरा वडा नं १ मा कांग्रेसका मनवीर क्षेत्री विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here