राप्तीसोनारी ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित

नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको छ ।

उक्त वडामा एमालेका तर्फबाट वडाअध्यक्षमा शालिकराम डाँगीसहित सबै सदस्य निर्वाचित हुनुभएको हो ।

डाँगीले नेपाली कांग्रेसका नरेन्द्र ओलीलाई पराजित गर्नुभएको छ । डाँगी १३७१ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्दी कांग्रेसका ओलीले १०८६ मत पाउनुभयो ।

उक्त वडामा २०७४ सालमा नेपाली कांग्रेसका खुमबहादुर बस्नेत निर्वाचित हुनुभएको थियो । बस्नेत हाल नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव हुनुहुन्छ ।

Previous articleनेपालगन्ज वडा नं.२० मा जसपाकाको प्यानल निर्वाचित
Next articleबारबर्दिया नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here