दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित हुनुभएको छ । अध्यक्ष बस्नेतले एमाले उम्मेदवार विष्णु केसीलाई १ हजार ९२ मत अन्तरले हराउनुभएको हो ।

बस्नेतले ५ हजार ७१६ र उहाँका निकटतम प्रतिस्पर्धी केसीले ४ हजार ५२४ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २ हजार ७९४ मत ल्याउनुभयो ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमा बुढाथोकी विजयी हुनुभएको हो । उहाँले ५ हजार ७५० मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गर्नुभयो ।

माओवादी केन्द्रकी राधिका परियारको पक्षमा ३ हजार ८० मत पर्यो । २०७४ को स्थानीय तह निर्वाचनमा पनि शान्तिनगर गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

Previous articleबाँकेमा ८१ वडामध्ये २२ को मत सार्वजनिक, हेर्नुस् कहाँ कस्ले जित्यो !
Next articleबबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here