
दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर केसी र बम कुमारी खड्का विजयी हुनु भएको छ ।
नेपाली कांग्रेसका कुलहादुर केसी ६ हजार ६ सय १५ मतका साथ विजयी हुनु भएको हो ।
उहाँको निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै नेकपा माओवादीका भिम बहादुर वलीले २ हजार १८ मत प्राप्त गर्नु भएको छ।
उपाध्यक्षमा नेपाली कांग्रेसका बमकुमारी खड्काले ६ हजार ४ सय मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सावित्रा विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अन्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गर्नु भएको छ ।
बबई गाउपालिकामा ७ वटा वडा मध्य ४ वटा वडामा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडा एमालेले जितेको हो ।





