
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित हुनुभएको छ ।
उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिष्णु बर्मालाई पराजित गरि निर्वाचित हुनुभयो ।
शेषले ९६७ मत ल्याउँदा नेपाली कांग्रेसका विष्णु बर्माले ८६९ मत पाउनुभयो । खजुरा वडा नं.५ मा माओवादीको प्यानल नै विजयी भएको हो ।
यसअघिको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका उम्मेदवारसंग पराजित हुनुभएको थियो । हारलाई जितको शुभकामना मान्दै यसपटक उहाँ आफ्नो वडामा गठबन्धन नगरेर एक्लै चुनाव लड्नुभएको हो ।
खजुरामा गठबन्धन भए पनि पुरै वाडमा भने यो लगु गरिएको छैन । पालिकाको ८ वार्डमध्ये १,२,३ र ४ मा मात्र लागू गरिएको छ । वडाको हकमा ५ देखि ८ सम्म भने यो गठबन्धनले ले ग्राहायता पायको छैन, तर मेयर र उप मेयर को लागि भने सबै वाड मा गठबन्धन गरिएको छ ।





