दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी

दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित हुनुभएको छ ।

माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।

यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो ।

विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराउनुभयो । पोखरेलले ५ हजार ७०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाउनुभयो ।

अध्यक्ष पद माओवादी केन्द्रले जिते पनि उपाध्यक्ष पदमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित हुनुभएको हो ।

६ हजार ६७४ मत पाएर उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाउनुभयो । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत मात्र पर्‍यो ।

Previous articleखजुरा ५ मा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित
Next articleजाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here