जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादीका डम्बरबहादुर रावत ५ हजार ५ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी हुनुभयो । सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो ।

Previous articleदाङको राप्ती गाउँपालिकामा माओवादी विजयी
Next articleविवादका कारण रोकिएको जानकीको मतगणना शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here