विवादका कारण रोकिएको जानकीको मतगणना शुरु

file photo

नेपालगञ्ज । विवादका कारण रोकिएको बाँकेको जानकी गाउँपालिकाको मतगणना पुन : शुरू भएको छ । मत परिणामको बिषयमा विवाद भएपछि सोमबार साँझ ६ बजेदेखि मतगणना स्थगित भएको थियो ।

एमालेका प्रतिनिधीले असन्तुष्टी जनाउँदै वडा नम्बर ३ को मतगणना पुन : गर्न दवाब दिएपछि सोमबार साँझ ६ बजेदेखि मतगणना रोकिएको हो ।

सोमबार उत्पन्न विवादपछि एमालेले पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो भने काँग्रेस जसपा, माओवादी लगायत दलले मतगणनालाई अगाडी बढाउनुपर्ने अडान लिएका थिए ।

जानकी गाउँपालिकामा अध्यक्षमा काँग्रेसका छब्बन खाँ र रामप्यारी यादव भारी मतले अग्रता लिएका छन् ।

Previous articleजाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी विजयी
Next articleस्थानीय तह निर्वाचन मत परिणाम : बाँकेमा हालसम्म कहाँ कसले जित्यो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here