खजुरा गाउँपालिकामा डम्बर बिक र मञ्जु मल्ल निर्वाचित

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का डम्बर बिक अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।

बिकले १० हजार ७ सय ९० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।

यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।

मञ्जुले १० हजार ३४ मत प्राप्त गर्नुभएको छ भने उहाँकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा खजुरा गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।

Previous articleनेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मणप्रसाद वर्मा निर्वाचित
Next articleनेपालगञ्ज १८ को नेतृत्वका लागि पुन: बर्मा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here