जानकीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका खाँ र यादव निर्वाचित

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनाले जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादव निर्वाचित हुनुभएको हो ।

खाँले छ हजार छ सय ५३ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार हिमान्सु यादवलाई पराजित गर्नुभएको छ । खाँले यादवलाई एक हजार आठ सय ५८ मत बढि प्राप्त गर्नुभएको हो ।

प्रतिद्धन्द्धी यादवले चार हजार सात सय ९५ मत प्राप्त गर्नुभयो भने जसपाका उम्मेदवार राजिव कुमार बर्माले दुई हजार नौ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा रामप्यारीले निकटतम प्रतिद्धन्द्धी भूमिसरा धिताललाई पराजित गर्नुभएको छ । उहाँले धिताललाई तीन हजार चार सय ५३ मत बढिले पराजित गर्नुभएको हो ।

रामप्यारीले छ हजार नौ सय नौं मत प्राप्त गर्नुभएको छ भने धितालले तीन हजार चार सय ५६ मत प्राप्त गर्नुभएको छ । धिताल यसअघिको कार्यकालमा गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । जानकीमा यसअघि एमालेले जितेको थियो ।

Previous articleकांग्रेसको विजयी र्‍यालीमा एमालेको आक्रमण, ६ जना घाइते
Next articleबैजनाथमा कांग्रेसका शाही र रोकाया निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here