बैजनाथमा कांग्रेसका शाही र रोकाया निर्वाचित

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला कुमारी रोकाया निर्वाचित हुनुभएको हो ।

शाहीले १२ हजार १ सय ८० मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका घनानाथ खनाललाई पराजित गर्नुभयो । शाहीले खनालभन्दा दुई हजार सात सय ९८ मत बढि प्राप्त गर्नुभएको छ ।

प्रतिद्धन्द्धी खनालले दश हजार तीन सय ८२ मत प्राप्त गर्नुभयो भने नेकपा माओवादी केन्द्रका दिपेन्द्र बहादुर शाहले पाँच हजार दुई १४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा रोकायाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी प्रेम पुर्ण योगीलाई पराजित गर्नुभएको छ । उहाँले योगीलाई एक हजार चार सय १९ बढि मतले पराजित गर्नुभएको हो ।

रोकायाले १२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो भने योगीले दश हजार सात सय ३३ मत प्राप्त गर्नुभएको छ ।

Previous articleजानकीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका खाँ र यादव निर्वाचित
Next articleलागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here