बाँकेको नरैनापुरमा जसपाका साह र श्रीवास्तव निर्वाचित

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा इश्तियाक अहमद साह र जयन्तिदेवी श्रीवास्तव निर्वाचित हुनुभएको छ ।

गाउँपालिका अध्यक्षमा साह र उपाध्यक्षमा श्रीवास्तव पुनः निर्वाचित हुनुभएको हो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष पदमा साहले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र मौर्यलाई १ हजार ३५२ मतको अन्तरले पराजित गर्नुभयो ।

साहले ५ हजार ३७ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी मौर्यले ३ हजार ६८५ मत ल्याउनुभयो । तेस्रो भएका नेकपा एमालेकी पदमावती यादवले ३ हजार १२२ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्ष पदमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गर्नुभएको हो । श्रीवास्तवले ३ हजार ८७९ मत प्राप्त गर्नुभयो भने कांग्रेसकी अतिकुनले हजार मत ल्याउनुभयो ।

नेकपा एमालेका पञ्चराम यादवले २ हजार ८०४ र माओवादी केन्द्रका शविना बेगम मुकेरीले १ हजार १२ मत पाउनुभयो ।

Previous articleडुडुवा र खजुराका अध्यक्षद्धारा सपथ ग्रहण
Next article६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here