डुडुवा र खजुराका अध्यक्षद्धारा सपथ ग्रहण

नेपालगञ्ज । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ ।

आज शक्रबार बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर बिकले सपथ ग्रहण गर्नुभएको छ ।

बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनुभएको हो ।

सपथ लिएका चौधरी तथा बिकले ले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।

सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ ।

अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन : दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने बिक खजुराको अध्यक्षमा पहिलो पटक निर्वाचित हुनुभएको हो ।

Previous articleलागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
Next articleबाँकेको नरैनापुरमा जसपाका साह र श्रीवास्तव निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here