नेपालगञ्जमा गठबन्धनको बिजयी उत्सव

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा ¥याली निकालिएको छ ।

पाँच दलीय गठबन्धनबाट नेपालगञ्जको नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दिन राई निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासम्मिलित गठबन्धनबाट काँग्रेसका विष्ट र जसपाका राई निर्वाचित हुनुभएको हो ।

जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष समेत रहनुभएका राईको निवास जमुनाहबाट शुरु भएको र्‍याली चौलिक्का, गणेशमान चोक, वीपी चोक, धम्वोजी, पुष्पलाल चोक, कारकाँदो हुँदै राँझा पुगेको थियो ।

मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै राँझाबाट फर्किएको टोली बसपार्क, न्यूरोड हुँदै त्रिभुवन चोकमा पुगेको थियो ।

विजयी ¥यालीमा काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, जसपा नेता एवम् पूर्वमन्त्री इस्तियाक राईलगायत जिल्लाका नेता तथा सयौं कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।

Previous article६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक
Next articleसपथ ग्रहण: आफुहरुलाई अपमानित गरिएको नेपालगञ्जका जनप्रतिनिधिको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here