सपथ ग्रहण: आफुहरुलाई अपमानित गरिएको नेपालगञ्जका जनप्रतिनिधिको आरोप

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम जनप्रतिनिधिलाई अपमान गरिएको आरोप लगाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै केही जनप्रतिनिधि अपमानित हुँदै यथास्थानबाट सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण गर्दा २३ जना वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराइएको जनप्रतिनिधिले आरोप लगाएका हुन ।

कार्यक्रममा व्यानर समेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको आरोप लगाउँदै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा न.६ का वडाअध्यक्ष समिर प्रताप सिंहले आरोप लगाउनुभयो ।

उनीसँगै उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, र वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको बताउनुभयो ।

कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट र उपमेयर कमरुद्दिन राईले सपथ लिनुभएको छ । मेयर बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ खुवाउनुभएको हो ।

त्यसपछि मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नव निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाउनुभयो ।

Previous articleनेपालगञ्जमा गठबन्धनको बिजयी उत्सव
Next articleबाँकेको सात पालिका प्रमुखले लिए सपथ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here