बाँके प्रहरीको हिरासत कक्षमा केदी बन्दीको मृत्यु

नेपालगञ्ज । बाँके प्रहरी मातहतको हिरासत कक्षमा कैदी बन्दीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १२ का ४६ बर्षीय कृष्ण लाल कुवंरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरस्थित टवाईलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

कुवंरको बुधबार बिहान करिब ५ बजे तिर मृत्यु भएको भनिएको छ । हिरासत कक्षबाट टवाइलेट गएका उक्त कैदीबन्दी कुवंरटवाईलेटको भ्यान्टीलेटरमा टि सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख गरिएको छ ।

कुवंरलाई बैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरि म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

मृत्यु भएका ब्यक्तिमा पत्थरीको समस्या भएकोले औषधी सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि भेरी अस्पताल पठाइएको जानकारी दिनुभयो ।

Previous articleनवौं राष्ट्रिय खेलकुद असोज अन्तिममा सुरु हुने
Next articleट्रकले ठक्कर दिँदा कोहलपुरमा अटो चालकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here