ट्रकले ठक्कर दिँदा कोहलपुरमा अटो चालकको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरमा ट्रकले अटोरिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे १२ बजे भएको दुर्घटनामा परेर घाइते भएका कोहलपुर नगरपालिका वडा नं.१३ सिम्रीका अटो चालक २९ वर्षीय राम सेवक थारुको मृत्यु भएको हो ।

थारुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज दशबिगाहा कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ । थारुको घट्नाको करिब २० मिनेटपछि मृत्यु भएको हो ।

कोहलपुरको पिपल चौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोरिक्लाई पछाडीबाट ठक्कर दिएको थियो ।

ट्रक चालक भारत बहराईच जिल्ला नानपाराका ३२ वर्षीय मोहम्मद गफ्फारलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रण्मा लिइसकेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Previous articleबाँके प्रहरीको हिरासत कक्षमा केदी बन्दीको मृत्यु
Next articleकालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here