सेतोखरी मिडियाद्धारा शैक्षिक सामाग्री प्रदान

नेपालगञ्ज । सेतोखरी मिडिया प्रालीले आफनो कुशल दुई बर्ष पार गरेको छ । प्रालीले बिहीवारदेखि तेस्रोे बर्षको यात्रा अघि बढाएको छ ।

बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको प्रालीले विगत एक बर्षदेखि ‘ईसेतोखरी डट कम अनलाइन र सेतोखरी दैनिक’ पत्रिका प्रकाशनमा ल्याएको छ ।

छोटो समयमा आम पाठकको मन जित्न सफल यस मिडियाले अनलाइन र छापा सन्चारमाध्यमसँगै सेतोखरी विज्ञापन एजेन्सी, सेतोखरी समाचार एजेन्सीपनि सन्चालन गरिरहेको छ ।

प्राली अन्तर्गत रहेर कमलसुमन फाउन्डेशन विगत दुईबर्षदेखि विविध सामािजक काममा सक्रिय लागि परेको छ ।

फाउन्डेशनले कोरोना संक्रमणका बेला होस वा नेपालगन्जमा रगत अभाव भएको समयमा होस जुनसुकै अबस्थामा पनि सक्दो सहयोग गर्देै आएको देखिएको छ ।

दुई बर्षमा प्रवेश गरेको अवसरमा कमलसुमन फाउन्डेशनसँगै केही शुभचिन्तहरूको सहयोगमा प्रालीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बस्ने अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै विद्यालय पोशाक वितरण गरेको छ ।

प्रालीका अध्यक्ष तथा प्रधान सम्पादक कमल न्यौपाने, वडा नम्बर ४ का समाजसेवी तथा जनप्रतिनिधी टेकबहादुर केसी, एमाले बाँकेका उपाध्यक्ष तथा रेडियो हातेमालोका सन्चालक डिल्ली विसी, वडा नम्बर ४ का नागरिक अगुवा नन्दा चन्द लगायतको सहभािगतामा उक्त सामाग्री वितरण गरिएको हो ।

प्रालीको बैठकले यस बर्ष विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेपछि सम्मानको साटो शैक्षिक समाग्री प्रदान गरिएको हो । गत बर्ष प्रालीले खोजमुलक पत्रकारिता गरे वापत पत्रकार जावेद अन्सारीलाई नगद रकम सहित सम्मान गरेको थियो ।

आम पाठकलाई सत्य तथ्य तथा खोजमुलक लेख रचना र समाचार पस्कने मुख्य ध्येय रहेको प्रालीले सरकारी तथा गैरसरकारी निकाय संघसंस्था तथा जनप्रतिनिधीको निगरानी गर्दै उनीहरूका कमी कमजोर औल्याई जनसामु पु¥याउने र सम्बन्धीत निकायलाई सचेत गराउने काम गरिरहेको छ ।

सुशासन कायम गर्नु, भ्रष्टचारको रोकथाम गर्नु, खोजमुलक खुराक जनसामु लैजानु यस प्राली अन्र्तगतका सन्चार माध्यमको पहिलो कर्तव्य हो । यस अनुरूप प्रालीले अहिलेसम्म पाठकको सल्लाह सुझाव र माया ममता र माग अनुसार काम गरिरहेको देखिएको छ ।

सत्य, खोजमुलक खुराक पस्कदै र निडर पत्रकारीता आजको आवश्यकता प्रालीको मुलमर्म हो । यसअनुसार प्रालीले पाठको अहम माया पाएको छ । विगतमा पनि यसरी नै खोज पत्रकारीता निडर रूपमा गरिरहने प्राली प्रतिबद्धता जनाउँछ ।

यस समयमा प्रालीलाई माया गर्नुहुने पाठक, सुझाव दिनुहुने शुभचिन्तक, विज्ञापनदाता प्रालीका कर्मचारी सबैप्रति प्रालीले सादुवाद व्यक्त गरेको छ ।

Previous articleकालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना
Next articleअफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here