कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना

दैलेख । दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।

बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५० ६० जना सवार छन् ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताउनुभयो ।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

(तीर्थ भण्डारीबाट)

Previous articleट्रकले ठक्कर दिँदा कोहलपुरमा अटो चालकको मृत्यु
Next articleसेतोखरी मिडियाद्धारा शैक्षिक सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here