
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकाको निर्वाचनबाट नेकपा एमाले र जनता समाजवादी पार्टीका तीन/तीन जना सदस्य निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रमा पन्तका अनुसार एमालेका लीला सुनार, जयन्ती महाउत र शिवकुमार जयसवाल, जसपाका छबरानी यादव, सकिना बेगम नाउ र समसुद्दिन सल्मानी सबैले २४/२४ मत ल्याएर विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका कनिका तारा पठानिन, सुष्मा यादव, दीपराज लोनियाले ८/८ र धर्मपाल चमारले ९ मत ल्याउनुभयो ।
डुडुवा गाउँपालिकाको ६ वटा वडामध्ये जसपाका तीन, एमाले दुई र कांग्रेसले एक वडा मात्र जितेको छ ।





