खेल्ने क्रममा चक्कु लागेर एक बिद्यार्थीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जको फुल्टेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै एकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा चक्कु रोपिएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

गत जेठ १२ गते साँझ ५ बजे भएको घटना अनुसार मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षिय मो.आशिक एक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातिमा मुटुमै रोपिन गई गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा दुबैले छातिले एक अर्कालाई धकेला धकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातिमा चक्कु रोपेको देखिएको छ ।

खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध भएको घटना हो प्रहरीले अनुसंन्धानकै क्रममा रहेकोले सो बारेमा खुलाएको छैन । भने मदरसाको तर्फबाट पनि घटनाको बारेमा जानकारी गराईएको छैन ।

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराईएको मियाको जेठ १३ गते राती १० बजे उपचारको क्रममा मृत्यु भएको बतईएको छ ।

प्रहरी नायव उपरिक्षक न्यौपानेले भन्नुभयो,–‘ उपचारको क्रममा रहेको मियाँको १३ गते राती १० बजे नै मृत्यु भएको रहेछ । प्रहरीलाई १४ गते विहान मात्र यसको जानकारी हो ।’

उहाँले घटनामा संलग्न रहेको आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव भारतको लखनउबाट नेपालगञ्ज ल्याई र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘ मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगीसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसंन्धान अघि बढाईने छ ।’ समाचार तयार पार्दसम्म प्रहरीमा आफन्तको तर्फबाट कुनै जाहेरी परेको छैन । साभार : न्युज कारखाना

Previous articleभारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन
Next article२ लाख २७ हजार गरिब घरपरिवार पहिचान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here