नेपालगञ्जका मेयर, उपमेयरसहितलाई साहू समाजको सम्मान

नेपालगञ्ज । नेपालगञ्जमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई साहू समाज बाँकेले बधाई एव सम्मान गरेको छ ।

समाजले शनिबार एक कार्यक्रमकाबीच नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित कार्यालय भवनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवं सम्मान प्रदान गरेको हो ।

समाजले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई, नेपालगञ्ज वडा नं ५ का वडा अध्यक्ष सराफत खाँन, वडा नं २१ का वडा अध्यक्ष राज कुमार साहू र वडा नं ५ का सम्पूर्ण वडा सदस्यहरुलाई खदा ओढाएर फुलमालाले सम्मान प्रदान गरेको थियो ।सो क्रममा बोल्दै नगरप्रमुख बिष्टले समाजले आफुहरुलाई निर्वाचन अघि नै सबैभन्दा पहिला बिजयीको टिका लगाएको स्मरण गर्नुभयो । उहाँले नेपालगञ्जमा अझै धेरै बिकास गर्न बाँकी रहेकाले अब उक्त कुरातर्फ आफ्नो सक्रियता रहने बताउनुभयो ।

उपप्रमुख राईले नेपालगञ्जमा सबै धर्म, जाति, समुदाय एक आपसमा मिलेर बसेको र यो क्रम जारी रहनुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँका बिभिन्न जात जातिहरुको आस्थाको केन्द्रको संम्बद्र्धन र सरंक्षणका लागि उपमहानगरपालिकाको ध्यान केन्द्रीत हुने बताउनुभयो ।

समाजका अध्यक्ष हंसराम साहूको सभापतित्वमा भएको कार्यक्रममा साहू समाज युवा समिति बाँके अध्यक्ष राम किसुन साहू, लगायतको उपस्थिति रहेको कार्यक्रमलाई सहसचिव प्रदिप शाहले संचालन गर्नुभएको थियो ।

Previous article२ लाख २७ हजार गरिब घरपरिवार पहिचान
Next articleहरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here