जानकीको कार्यपालिकामा काँग्रेस–माओवादी केन्द्र गठबन्धन विजयी

मानपुर । बाँकेको जानकी गाउँ कार्यपालिकाको बोर्ड गठनले पूर्णता पाएको छ । जानकीको कार्यपालिका सदस्यमा काँग्रेस-माओवादी केन्द्र गठबन्धन विजयी भएको हो ।

जानकीका प्रमुख निर्वाचन अधिकृत बासुदेव शर्माले जारी गरेको अन्तिम मत परिणम सहितको नतिजा अनुसार जानकीमा नेपाली काँग्रेसका ३ जना र माओवादी केन्द्रका १ जना गरि गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका हुन् ।

दलित अल्पसंख्यक सदस्यमा नेपाली कांँग्रेसका राम अचल धोबी र माओवादी केन्द्र गठबन्धनका राजेन्द्र सिंह विजयी हुनुभएको हो । धोबीले र सिंहले १९/१९ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रामप्रकाश लोनियाले १३ मत, प्रताप सिंह ठाकुरले ० (शुन्य) मत र नेकपा एमालेका राजकुमार धोबीले १३ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

यसैगरी गाउँ कार्यपालिका महिला सदस्यमा काँग्रेसकी कमला देवी यादव, कान्ति काँदु, निर्मला हरिजन तथा माओवादी केन्द्र गठबन्धनकी महिला सदस्य तारावती खटिकले १९/१९ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाकी अनिता धोबी, जाहिरा कबडिया र लक्ष्मी पासीले १३/१३ मत ल्याएर पराजित हुनभयो । त्यसतै नेकपा एमालेकी प्रमिलीया चमारिनले १३ मत प्राप्त गरेको जानकीको निर्वाचन अधिकृत बासुदेव शर्माले न्युज फ्ल्यास खबरलाई बताउनुभयो ।

जानकी गाउँपालिकाको ६ वटा वडामध्ये नेपाली काँग्रेसले अध्यक्ष (उपाध्यक्ष र ३ वटा वडा जितेको छ । जसपाले २ वडा र माओवादीले १ वटा वडामा जित हासिल गरेको छ ।

Previous articleग्यास निरूत्साहित गर्न विद्युतीय चुल्हो अनुदानमा दिइने
Next articleलाइफ लाइन जनरल हस्पिटलमा मिर्गौला डायलासिस सेवा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here