श्रीमान झुन्डिएको र श्रीमतीको घाँटी रेटेको अवस्थामा शव फेला

धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उहाँकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उहाँकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Previous articleलाइफ लाइन जनरल हस्पिटलमा मिर्गौला डायलासिस सेवा सुरु
Next articleकार्यपालिका सदस्यले लिए सपथ, राजनीति गर्ने छुट दिइने छैन : विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here