
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारेगाउँ बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगतराम बर्मा मनोनित हुनुभएको छ ।
जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार बर्माको अध्यक्षमा बसेको बोर्ड बैठकले जगतरामलाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनित गरेको हो ।
शिक्षा ऐन २०७८ को पहिलो संसोधनको दफा १७ को (क) को (ख) र (घ) बमोजिम बिद्यालयको अभिभावक भेलाबाट छनौट भएर आएको नामावलीहरु मध्येबाट बैठकले जगतरामलाई चयन गर्ने निर्णय गरेको जनाएको छ ।
वडा नं ३ का वडाअध्यक्ष बर्माद्धारी एक सूचना जारी गरी वडा नं ३ को वडा समितिको बोर्ड बैठकको मिति २०७९ जेष्ठ १३ गतेको निर्ण अनुसार बर्मालाई अध्यक्षमा चयन गरेको हो ।





