मेयर, उपमेयरबीच युवा संवाद, ११ बुँदे युवा लक्षित सुझाव पेश

नेपालगञ्ज । नेपालगञ्जका युवाहरुले नवनिर्वाचित मेयर र उपमेयरसंग युवाका सवालहरुमा संवाद गरेका छन् । सो क्रममा उनीहरुले युवाका क्षेत्रमा नेपालगञ्जमा रहेका समस्याहरु राखेका छन् ।

युवाहरुले अबको पाँच वर्षीय कार्यकालभित्र युवाहरुको बिकास, रोजगार, क्षमता अभिबृद्धि, शिक्षा जस्ता समस्या समाधान गर्दै अघि बढ्न नेतृत्वलाई सुझाव दिएका हुन ।

नेपालगञ्ज उपमहानगरपालिकाले युवाको क्षेत्रमा जुन किसिमको लगानी गर्नुपर्ने त्यो नभएको भन्दै सो क्षेत्रमा समेत बिशेष ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्ने युवाहरुले नेपालगञ्जको बिबिध पक्षका बारेमा सुझाव प्रस्तुत गर्दै नवनिर्वाचित मेयर उपमेयरलाई कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए ।

यसैक्रममा ११ बुँदे युवा लक्षित कार्यक्रम तथा सुझावसहितको सुझाव पत्र मेयर प्रशान्त बिष्टलाई बुझाइएको छ ।कार्यक्रममा बोल्दै मेयर बिष्टले युवाहरुसंग भएको रचनात्मक सुझावहरु उपमहानगरपालिकालाई आवश्यक रहेको र निरन्तर प्रस्तुत गर्न अनुरोध गर्नुभयो । “युवाहरुसंग एक से एक आडिया हुन्छन्, त्यो सबैसंग हुन्छ भन्ने हुँदैन,” मेयर बिष्टले भन्नुभयो, “जेष्ठ नागरिकहरुसंग भएको आइडियासंगै युवाहरुको कुराहरु पनि उपमहानगरपालिकाका लागि आवश्यक छ ।”

मेयर बिष्टले नेपालगञ्जमा राष्ट्रिय युवा नीति २०७६ पास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले युवाहरुको क्षेत्रमा उल्लेख्य कार्य आफुले गर्ने तर युवाहरुले समेत साथ दिनुभपर्ने बताउनुभयो ।

यस्तै उपमेयर कमरुद्दिन राईले युवा नेतृत्व आवशयक भएकाले अबका दिनमा युवाहरुले चाहेको कार्य हुनेमा ढुक्क हुन उपस्थित युवालाई बिश्वास दिलाउनुभयो ।

जिल्ला युवा क्लब संचालन बाँकेका अध्यक्ष आशिष बर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा र खासगरी नेपालगञ्ज कार्यक्षेत्र भएका संस्थाहरुको समन्वय सहकार्यमा उक्त संवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका कार्यसमिति सदस्य सूर्यलाल याुदव, सामाजिक बिकास मंच (एस डिएफ) का कार्यक्रम संयोजक राम श्रेष्ठ, बाँके युनेस्को क्लबकी कार्यक्रम संयोजक बिनिता आरसी, समाजसेवी रेणु सिंह ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

Previous articleकोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान
Next articleमाध्यमिक बिद्यालय बन्जारेगाउँको अध्यक्षमा बर्मा मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here