दुई चिकित्सकसहित थप २० जनामा संक्रमण पुष्टि

बाँके । भेरी अस्पताल नेपालगन्जमा भएकाे पिसिआर परीक्षणमा थप २० जना संक्रमित भेटिएका छन् ।

संक्रमण पुष्टि हुनेमा नेपालगन्ज मेडिकल कलेजका दुई जना चिकित्सक समेत रहेका छन् । मेडिकल कलेज तथा वडा प्रहरी कार्यालय नेपालगन्जबाट उनीहरूकाे स्वाब संकलन भएकाे थियाे ।

आईतबार साँझदेखि साेमबार दिउँसो १२ बजेसम्म भएकाे पिसिआर परीक्षणमा बाँकेका १५ जनसहित २० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमा दाङका १, कैलालीका २, बर्दियाका १ र सल्यानका १ जना रहेका छन ।

Previous articleहामीले जो देख्यौ र भौग्यौं : कोरोना सर्नमा दोसी को ?
Next articleआफन्तीकहाँ आएकी संक्रमित महिलाको ठेगाना डुडुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here