डुडुवा-६ का वडाध्यक्ष मिश्रद्वारा पदभार ग्रहण

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष मोहनराम मिश्रले बुधवार पदभार ग्रहण गर्नुभएकाे छ ।

धार्मिक विधि अनुसार वडा कार्यालयमा पुजाआजा गरी पदभार ग्रहण गर्नुभएकाे हाे ।

सयौं जनाको उपस्थितीमा गरिएको पदभार ग्रहण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष, बुद्धिजीवी, विभिन्न दलका स्थानीय प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।

पदभार ग्रहणपछि वडाध्यक्ष मिश्रले सबैलाई धन्यवाद दिँदै निवर्तमान जनप्रतिनिधीलाई विदाई गर्नुभएकाे थियाे ।

दोश्रो कार्यकालका लागि निर्वाचित भएका मिश्रले निबर्तमान सदस्य नेतराम मुराउ, तिरथराम वर्मा, अकलिमुन निसा शेष र निर्मला देवी कोरीलाई खादा ओढाएर प्रमाण पत्रसहित विदाई गर्नुभएकाे हाे ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका मिश्रले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५५ मतले पराजित गरी विजयी हुनुभएको थियाे ।

Previous articleसभापतिले बिधान बिपरित कार्य गरेकाे भन्दै काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
Next articleबिधुत प्राधिकरण लुम्बिनी प्रदेश समितिद्वारा मेयर बिष्टलाई बधाई ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here