
नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिले बिहिवार नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई भेटगरि बधाई तथा शुभकामना दिएको छ ।
सो क्रममा नेविप्रा कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाप्रसाद जैसीले गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि प्राधिकरण र स्थानीय तह बीच गहिरो सम्बन्ध आवश्यक पर्नेभएकाले थप आपसी समन्वय र उच्चतम प्रतिफलका लागि ट्रेडयुनियनको तर्फबाट कर्मचारी संघले पनि पुर्ण सहयोगी भुमिका खेल्ने प्रतिवद्धता गर्नुभयो ।
प्रदेश अध्यक्ष जैसीले नेपालगन्ज नगरपालिकाको विद्युत बक्यौता रकमको हिसाब समर्थन, नगरक्षेत्रको बक्यौता असुली लगायतका विविध विषयबारे आवश्यक जानकारी गराउदै सहयोगका लागि नगर प्रमुख विष्टसंग अनुरोध गर्नुभयो ।
सो भेटघाटमा उप- महानगरपालिका प्रमुख विष्टले गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि आवश्यक हरसम्भव सहयोग गर्ने बताउनु भयो ।
प्रमुख विष्टले अनियमित विद्युत कटौती नियन्त्रण गर्नुपर्ने बताउदै प्राधिकरणको स्थानीय कार्यालयसँग समन्वय तथा छलफल निरन्तर रहने उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपालगन्जमा उपलब्ध केन्द्रीय सदस्य विष्णु केसी, पुर्व केन्द्रीय सदस्य गणेश बहादुर थापा, पुर्व केन्द्रीय सदस्य भवानी चन्द, प्रदेश समिति सदस्य क्रमश:राहिल किंगरिया, अरुण बज्राचार्य , मिनबहादुर एडी, केन्द्रीय प्रतिनिधि कृष्ण पाण्डे, कृष्ण पौडेल, बालकराम सोनकर, विभिन्न इकाइका अध्यक्ष नेत्रबहादुर खड्का, सुरजलाल चौधरी, देवेन्द्र वि.क., प्रदेश प्रतिनिधि नहकुल सिंह पाण्डे, चन्द्रबहादुर बिसी, मदन गोपाल साहु तथा अगुवा कर्मचारीहरुको सहभागिता रहेको थियो ।





