
बाँके । डुडुवा गाउँपालिकामा सोमबार देखिएका कोरोना संक्रमित तीन जना नभएर दुई जना रहेको खुलेको छ ।
भेरी अस्पताल नेपालगञ्जले सोमबार दिउँसो जारी गरेको पिसिआर परीक्षण रिर्पोटमा डुडुवा गाउँपालिकाको वडा नं–२ का एक २३ वर्षीय पुरुष, वडा नं–५ का २५ वर्षीया महिला र वडा नं–६ का ३५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
तर डुडुवा-२ का स्वास्थ्य चाैकी प्रमुख हेमन्त शर्माका अनुसार वडा न–६ मा देखिएका महिला डुडुवाको नभई बर्दिया, ठाकुरबाबा नगरपालिका वडा न–९ भएको बताउनुभयो । उहाँका अनुसार वडा नं–६ मा रहेका आफन्ती कहाँ आएको बेला बिरामी परेर अस्पताल गएपछि उनको स्वाब संकलन गरिएको थियो र रिर्पोट पोजिटिभ देखिएको छ ।
उनी बर्दियाको भएको तर आफन्तीले अस्पतालमा डुडुवाकै ठेगाना लेखाएको भेटिएको छ । संक्रमित महिलालाई ज्वरो आएर अस्पताल लगिएको थियो ।
पोजिटिभ देखिएका दई जना भने क्वारेन्टिनका व्यक्तिहरु हुन । स्वास्थ्य प्रमुख शर्माले क्वारेन्टिनमा रहेका २६ जनामध्ये समय पुगेका १४ जनाको स्वाब संकलन गरेर भएको परीक्षणबाट उनीहरुमा संक्रमण देखिएको छ ।
नेगेटिभ देखिएका बाँकी १२ जनालाई डिस्चार्ज गरिएको छ । वडा नं–२ स्थित पशुपति माबि नौरीगौढी क्वारेन्टिनमा अब १२ जना बचेका छन् ।





