कोहलपुर-पिप्रहवा ३३ के.भि.लाइन चार्ज, छुने र चलाउने कार्य नगर्नुहोला !

नेपालगञ्ज । नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले ३३ के.भि.लाइनको चार्ज गरेको छ । ३३ के.भि संरचनामा रहेको कोहलपुर सबस्टेशनदेखि जानकी गाउँपालिका वडा नं ६ को पिप्रहवासम्मको लाईन चार्ज गरेको हो ।

सो लाइनमा रहेको ११ के.भि. राँझा फिडरलाई सडकबाट तानिएको नयाँ फिडरमार्फत सप्लाई दिएको र सो ३३ के.भि.संरचनालाई ३३ के.भि.लाइन चार्ज गरिएको कोहलपुर बितरण केन्द्रले जनाएको छ ।

बितरण केन्द्रले लाइन चार्ज गरेकाले उक्त लाइनलाई छुने चलाउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

नयाँ लाइन चार्ज हुने क्रममा कम्जोर स्थानमा लाइन पड्कने, चुट्ने कार्य हुन सक्ने भएकाले पनि लाइन छुने तथा चलाउने कार्य नर्गन र कुनै स्थानमा समस्या देखिए तत्काल बितरण केन्द्रको नोलाइट वा इमरजेन्सी नम्बर ०८१-५४००३९ वा -५४०१११ मा खबर गर्न समेत अनुरोध गरेको छ ।

Previous articleबालबालिकामैत्री बिद्यालय बनाउन प्रअले नायकको भूमिका निर्वाह गर्न सकिने
Next articleभारतमा ८८ दिन यता कै बढी कोरोना संक्रमित भेटिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here